Tarun Jokes

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।

एक व्यक्ति मोबाईल कम्पनिमा ईन्टरभ्यु दिन गएछन् र प्रस्न गर्दा यस्तो जवाफ दिएछन ।
प्रस्न : सबैभन्द पावरफुल नेटवर्क कुन हो ?
जवाफ : कार्टुन नेटवर्क ।

एउटा बच्चाले जन्मिने बित्तिकै नर्सलाई सोधेछ
बच्चा : मोबाईल छ ?
नर्स : छ के गर्नलाई ?
बच्चा : केहि होईन भगवानलाई म पुगेँ भन्नलाई ।

मालिक : जाउ बजारमा गएर ऐना किनेर ल्याउ जसमा मैले मेरो अनुहार देखुँ ।
मुन्द्रे : बजारबाट आएपछि मलिक मैले तेस्तो ऐना नै भेटिन बजारको सबै ऐनामा मेरो मात्रै अनुहार देखीँदो रहेछ ।


बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।

एयर होस्टेज : सबैजनाले आफ्नो आफ्नो वेल्ट बाँध्नुस् ।
एक प्यासेन्जर : मेम पाईजामा लगाउनेले चाहिँ के बाँध्ने ?


Tarun Karn Jokes

Tarun Karn Nepali Jokes
एक जना मान्छे हस्पिटलमा गएर डाक्टरसँग:
मान्छे: ५ किलो आलु दिनुस न।
डाक्टर:यहाँ आलु पाईदैन।
मान्छे:३ किलो मात्र भए पनि दिनुस न त:
डाक्टर:यहाँ आलु सालु पाईदैन भनेको..
त्यसपछि त्यो मान्छे त्यहाबाट गयो र एक अर्का मान्छे
आइपुग्यो र सोध्यो..
के भयो ...तपाई रिसाएको जस्तो देखिनुहुन्छ नि?
डाक्टर:मान्छे देखाउदै..त्यो मान्छे यहाँ मलाई आलु
मागेर हैरान नै गर्यो भन्या..?
दोस्रो मान्छे रिसाउदै: त्यसलाई त्यति नि थाहा छैन।
झन यहाँबाट प्याज लिएर आईज भनेर पठाको त।

एक भुगोलको शिक्षक अफ्नो क्लासमा अमेरिकाको बारेमा पढाउने वाला थियो।उसले पहिले एक ग्लोब लिएर आयो र
रामलाई बोलायो र ग्लोबमा अमेरिका दिखादन भन्यो।रामले ग्लोबमा अमेरिका पत्ता लगायो।
फेरि क्लासलाई आगडि बढाउन शिक्षकने सोघ्यो।
अमेरिका किसलाई कसले पत्ता लगाएको हो?
सबैले एकै स्वरमा भने:सर रामले


राम र श्याम कारमा जादै थिए।रामलाई आफ्नो कारको साइडलाईटले काम
नगरेको जस्तो लाग्यो।
रामले श्यामलाई कारको साइडलाईटले काम गरे नगरेको हेर्न भन्यो।
श्यामले झ्यालबाट बाहिर हेर्यो र भन्यो।
गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...

बाबु छोरासंग: जब म तिमीलाई कुटछु तब तिमी आफ्नो रिसलाई कसरी
काबुमा राख्न के गर्छौ?
छोरा:म टाव्ईलेट सफा गर्छु।
बाबु:यसले कसरी रिस शान्त हुन्छ त।
छोरा:म तपाईको दाँत माझ्ने बुरुसले सफा गर्छु नि त।

स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक:तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ
सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो
शिक्षक:के तिमि आफु लाई मुर्ख ठान्छौ?
राम :होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।

Tarun Kumar Karn: बिकट जिल्ला को रुपमा चिन्हने एक बाजुरा जिल्ला पनि ...

Tarun Kumar Karn: बिकट जिल्ला को रुपमा चिन्हने एक बाजुरा जिल्ला पनि ...: "बिकट जिल्ला को रुपमा चिन्हने एक बाजुरा जिल्ला पनि हो यहाँ यातायात भनेको खचर हो जस ले समान ओसार पसार गर्ने गर्छ बाजुरा जिल्ला को सदर मुकाम मा..."

मार्तडी, बाजुरा । नेपालका ७५ जिल्लामध्ये मानव विकास सूचकाङ्कमा ७४ औँ स्थानमा रहेको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा हालैमात्र ट्याक्टर पुगेपछि केही आर्थिक चहलपहल देखिन थालेको छ ।
नेपालको सबैभन्दा उपेक्षित र कम चर्चामा आउने जिल्लाका रूपमा रहेको बाजुरा विकासका दृष्टिले अति नै पछाडि परेको जिल्ला हो । कुल २१८८ वर्ग किमिमा फैलिएको यस जिल्लाको जनसङ्ख्या हाल करिब एक लाख ५० हजार पुगेको अनुमान गरिएको छ । विसं २०५८ को जनगणनामा यहाँको जनसङ्ख्या करिब एक लाख नौ हजार रहेको बताइन्छ ।
सूचकाङ्कमा ७४ औँ स्थानमा रहेको भनिए पनि यथार्थमा सबैभन्दा अन्तिम अर्थात् ७५ आंै स्थानमा बाजुरा रहेको बाजुरेलीको अनुभूति छ । जिल्लाको एकमात्र एफएम रेडियो बाजुराका स्टेसन म्यानेजर तुलाराम जैसी सूचकाङ्कमा ७५ औँ स्थानमा भनिएको मुगु प्रसिद्ध रारातालका कारण चर्चामा आइरहने गरेको र पर्यटन गतिविधिका कारण बाजुराभन्दा धेरैअघि बढिसकेको धारणा राख्नुहुन्छ ।
त्यसो त बाजुरामा पनि पर्यटनको दृष्टिले दर्शनीय प्राकृतिक तथा धार्मिक स्थलहरु नभएका होइनन् । तर प्रचारप्रसारको अभाव र ती स्थानसम्म यातायातको सहज पहुँच नभएका कारण बाजुरा ओझेलमा पर्न गएको छ ।
बाजुरामा विकासको गति अत्यन्त धिमा हुनुको प्रमुख कारण यहाँको भौगोलिक विकटता र केन्द्रमा राजनीतिक पहुँचको अभाव नै हो भन्ने बाजुरेलीको ठम्याइ छ । नत्र २०५२ सालमा शिलान्यास भएको जम्मा ५७ किलोमिटर बाटो अहिलेसम्म किन पूरा भएन ? भन्ने बाजुरेलीको साझा प्रश्न छ ।
अछामको साँफेबगरदेखि बाजुराको सदरमुकार मार्तडी जोड्ने उक्त सडकको निर्माण कार्य पूरा नभएसम्म बाजुरेलीको मुहार हसिलो हुनसक्ने देखिँदैन । तर छवटा पुलसहित निर्माण हुनुपर्ने उक्त सडक कहिलेसम्म पूरा हुन्छ भन्नेबारे कुनै निश्चितता छैन । यद्यपि कच्ची बाटो नै भए पनि जोखिम उठाएर वर्षायाममा बाहेक तिपाडा बजारसम्म भने जिप र बस आउनेजाने गरेका छन् । त्यहाँबाट सदरमुकाम मार्तडी पुग्न कम्तीमा तीन घण्टा हिँड्नुबाहेक अरु उपाय छैन ।
तिपाडादेखि मार्तडीसम्म ट्याक्टरमात्र चल्छन् । यसले गर्दा सामान ढुवानीमा निकै सजिलो भएको छ । फलस्वरुप प्रति केजी रु ४५ देखि रु ६० सम्म पर्ने गरेको चामल अहिले मार्तडीमा रु ३५ मा सजिलै पाउन थालिएको छ । यतिमात्र होइन, ट्याक्टर पुगेपछि पाक्ने बेला भएको गहुँको समेत माया मारी जग्गाधनी किसानमा गहुँखेती मासेर आफ्नो जग्गा पसललाई भाडामा दिने होडबाजी नै चलिरहेको छ । जसको फलस्वरुप आठदस दिनभित्रै उक्त गहुँबारीमा जस्तापाताबाट निर्मित ५० वटा जति पसल खुलिसकेका छन् ।
बाजुराको अर्को मुख्य समस्या सदरमुकाम र विमानस्थलबीचको दूरी पनि हो । जिल्लाको एकमात्र विमानस्थल कोल्टीबाट मार्तडी पुग्न झन्डै दिनभरि नै हिँड्नुबाहेक अरु विकल्प छैन । मार्तडीसम्मकै सडकले पूर्णता पाइसकेको छैन भने त्यहाँबाट कोल्टीसम्मको सडक धेरै परेको कुरा हो ।
असाधारण प्राकृतिक सौन्दर्य, धार्मिकस्थल, जैविक विविधता आदि बाजुराका अमूल्य सम्पदा हुन् । तर राष्ट्रियस्तरमा तिनको पहिचान नहुँदा र उपयोगको प्रयास नहुँदा ती सबै उत्खनन् नगरिएका सुनखानीजस्तै मात्र हुन पुगेका छन् ।
देशभर पर्यटन वर्ष २०११ को चहलपहल र चर्चापरिचर्चा चलिरहेको भए पनि बाजुरालाई त्यसले छुन सकेको छैन । पर्यटन वर्षको सन्दर्भमा बाजुरामा पनि एक दुईवटा कार्यक्रम राखौं भनी जिल्ला परिषद्मा सुझाव दिँदा त्यसलाई सकारात्मकरुपमा नलिइएको गुनासो गर्नुहुन्छ नेपाल पत्रकार महासङ्घ, बाजुरा शाखाका अध्यक्ष अर्जुन शाह ।
स्थानीय युवा लक्ष्मी पाध्यायका अनुसार पर्यटन व्यवसायका दृष्टिले प्रसस्त सम्भावना बोकेका बाजुराका महत्वपूर्णस्थलहरुमा ४९७५ मिटर उचाइमा अवस्थित बुढी नन्दा ताल र मन्दिर, बढीमालिका, छेडे दह, छाप्रे पाटन, बिनी पाटन, खडुल्ली पाटन, काला जोग्रा, मैती काडा, गुफा ताल, खप्तड आदि छन् । तर यी सबै स्थानमा पुग्न कठिन पैदल यात्रा गर्नुपर्दछ ।
सदरमुकामबाट सबैभन्दा नजिकको दर्शनीयस्थल काला जोग्रा हो । चट्टानभित्र ताल रहेको त्यस विचित्र स्थानमा पुग्न चार घण्टा हिँड्नुपर्ने अर्का स्थानीय युवा नेत्र शाही बताउनुहुन्छ । अन्य स्थलमा पुग्न कम्तीमा एक दिन हिँड्नु पर्दछ । यही विकटताकै कारण प्रसस्त सम्भावना हुँदाहुँदै पनि बाजुरामा वास्तविक पर्यटन व्यवसाय प्रारम्भ नै हुन सकेको छैन । बाजुराका विभिन्न स्थानमा अग्ला प्राकृतिक झरना पनि रहेका तर तिनको खोजखबर भने कतैबाट नभएको गुनासो सूर्य बडुवालको छ । जैविक विविधताको धनी बाजुरामा सुनगाभा फूलमात्रै ६५ किसिमका पाइन्छन् भनिन्छ । तर आश्चर्य, सदरमुकाममा भने कतै दुई थुँगा फूल फूलेको देख्न पाइँदैन ।
आमसञ्चार माध्यममा बाजुराका समाचार विरलै मात्र आउँछन् । आइहाले पनि खाद्यान्न अभाव, भोकमरी, दुर्घटना, प्रकोप, अकाल मृत्यु, उपचारको अभावजस्ता दुःखद् समाचारकै बाहुल्यता पाइन्छ । जिल्लामा एक एफएम रेडियो बाजुरा र दर्ता भएका छवटामध्ये दुईवटा मालिका रैवार टाइम्स साप्ताहिक र बुढीनन्दा साप्ताहिक हाल प्रकाशनमा छन् । छिमेकी जिल्ला र राजधानीबाट प्रकाशित हुने कुनै पनि पत्रिका बाजुरासम्म आइनपुग्ने पत्रकार महासङ्घका जिल्ला अध्यक्ष शाह बताउनुहुन्छ । केही क्रियाशील पत्रकारहरु अनलाइनमा ती पत्रिका हेरेर चित्त बुझाउँछन् भने सर्वसाधारण एफएम सुनेर । रेडियो नेपालको प्रशारणसमेत स्पष्ट नसुनिने यस जिल्लामा रेडियो बाजुरा देशव्यापी एफएम सञ्जालमा आवद्ध भएकाले रेडियो नेपालको साँझको समाचार र बिबिसी नेपाली सेवा भने यहाँ स्पष्ट सुन्न सकिन्छ ।
सदरमुकाम मार्तडीमा पानीको अभाव देखिँदैन तर फोहर र झिँगाको साम्राज्य भने विरक्त लाग्दो छ । सायद त्यसैले होला झाडापखाला बाजुराको स्थायी समस्या जस्तो बन्न पुगेको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुलाई उद्धृत गर्दै पत्रकार धर्मराज पाध्यायले जनाएअनुसार जिल्ला अस्पतालमा हाल दैनिक करिब ३० जना झाडापखालाका बिरामी आउने गरेका छन् । यहाँका बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी पेटसम्बन्धी समस्याबाटै पीडित हुने गरेका पाइन्छन् ।
बाजुरेली महिलाका कथाव्यथा झन् कहाली लाग्दो छ । चर्को लैङ्गिक विभेद, छाउपडी प्रथा, घरेलु हिंसा, भीर पहराको काम, जोखिमपूर्ण प्रजनन् स्वास्थ्य, बालविवाहलगायतका सबैजसो पीडा यहाँका महिलाका निरन्तर नियति बनेका छन् ।
विमान सेवा अवरुद्ध हुँदा सात दिनसम्म कोल्टी विमानस्थलमा छट्पटाइरहेकी एक गर्भवती महिलाको दुःखद मृत्यु भएको चर्चा सेलाउन नपाउँदै सदरमुकाम नजिकैको गाउँमा वैशाखको पहिलो साता घाँस टिप्दा चट्टाने भीरबाट करिब ५०० मिटर तल खस्दा क्षतविक्षत भई छजना लालाबालाकी ३८ वर्षीया आमाले जीवन गुमाउन परेको घटना थपियो । सायद चरम गरिबीले होला दुईचार सय रुपैयाँकै लागि पनि जघन्य अपराध हुने गरेको पनि यहाँ पाइन्छ । त्यस्तै घटनामा परिचितहरुबाटै निर्ममतापूर्वक हत्या गरिएका एक शिक्षकको शव १० दिनपछि अनकन्टार भीरमा भेटिँदा नयाँ वर्षको प्रारम्भिक दिन बाजुरेलीका लागि त्राशदीपूर्ण बन्न पुगे । यस्ता घटनाहरु बाजुराका लागि नौलो नभएको र हरेका दुईतीन महिनामा प्रायः दोहरिने गरेको स्थानीय पत्रकार प्रेम विक बताउँछन् ।
राष्ट्रिय राजनीतिमा बाजुराको खासै भूमिका नदेखिए पनि स्थानीय राजनीति भने यहाँ चर्को छ । हरेक कामकुरामा अति राजनीति हुने गरेको बताउँदै एक किशोरी भन्छिन्यहाँ त पतिपत्नीको झगडामा समेत राजनीतिकरण गरिन्छ ।
त्यसो त बाजुरामा सुखद् सङ्केतहरु पनि नभएका होइनन् । अहिले साक्षरता ५५.५ प्रतिशत पुगेको बाजुरामा स्नातक तहसम्म अध्ययन गर्ने अवसर प्राप्त छ । सरकारी र निजी विद्यालयको अभाव देखिँदैन । सदरमुकामको सबैभन्दा सुखद् पक्ष भनेको अनवरत विद्युत् सुविधा हो । मार्तडी साना जलविद्युत् आयोजनाबाट उत्पादित २०० किलोवाट विद्युत् सदरमुकामका लागि पर्याप्त छ भने गाउँमा सौर्य बत्तीको व्यवस्था गरिएको छ ।
यहाँका युवा बाजुराको भविष्यमात्र होइन वर्तमानमै सक्रिय भूमिका खेल्न अग्रसर देखिन्छन् । उनीहरुलाई उपयुक्त अवसर र साधन स्रोतको मात्र खाँचो छ ।
तरुण कुमार कर्ण, हाल बाजुरा नेपाल